
हाम्रो बारेमा
कम्वाइन टे«निङ क्याम्प वि.स. २०७६ साल फाल्गुन ०९ देखि ११ गतेसम्म मोरङ तथा झापा जिल्लामा स्काउट सञ्चालनमा रहेका विद्यालयहरुमध्ये ०६वटा विद्यालयको संयुक्त प्रयासमा बेलबारी नगरपालिका वडा नं ०८ स्थित एम्ब्रीयो क्लबको फुटवल मैदानमा दुई रात तिन दिने स्काउट क्याम्पको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बेलबारी नगरपालिका तत्कालिन नगर प्रमुख ज्ञानेन्द्र सुवेदि, कोशी प्रदेश सरकारका तत्कालिन आन्तरीक मामिला तथा कानुन मन्त्री मा. हिक्मत बा. कार्की, विभिन्न वडाका वडाअध्यक्ष, लगायतका विशिष्ट व्यक्तित्वहरुले भ्रमण गर्नु भएको थियो । उक्त पहिलो कम्बाइन ट्रेनिङ क्याम्पमा मोरङका ५ र झापाको १ गरी ६ विद्यालयका १६५ विद्यार्थीहरु सहभागी हुनु भएको थियो।
कार्यक्रम तथा गतिविधिहरु
क्याम्पमा सहभागी विद्यार्थीहरुले कार्यक्रम अवधिभर शारिरिक, वौद्धिक, आध्यतमिक, संवेगात्मक तथा सामाजिक विकासका विभिन्न गतिविधीहरुमा सगभागी हुनेछन् । क्याम्पमाहुने गतिविधीहरुलाई सहासिक, मनोरञ्जनात्मक तथा वौद्धिक गरेर तिन भागमा विभाजन गरिएको छ।
Adventure
- Zipline
- Absling
- Tyre Wall
- Net Climbing
- Sky Cycling
- Water Activites
- Rock Climbing
- Monkey Bridge
- Superman Zipline
- Sky Plank Bridge
- Commando Bridge
- Suspension Bridge
Entertainment
- Cultural Night
- Camp Fire
- Dart
- Face Painting
- Bingo
- Box Football
- Sunblindness
- Touch the Target
- Action Song Corner
Intellectual
- Scout Own
- Messenger of Peace
- First Aid
- WAGGS Intitaives
- Pannel Discussion
- Kitchen Fire Safety
उदेश्यहरु

नेतृत्व क्षमता विकास गर्नु
क्याम्पमा विभिन्न गतिविधिहरूको क्रममा स्काउटलाई नेतृत्व गर्न अवसर प्राप्त हुन्छ । क्याम्पले नेतृत्व क्षमता र टोली भावनाको विकासगरी टोलीमा कार्य गर्ने, समूहमा सहकार्य गर्न र जिम्मेवारी बहन गर्न सिक्छन्

वतावरण संरक्षणकार्यमा संलग्न गर्नु
क्याम्पमा सहभागी विद्यार्थीहरुलाई वातावरण संरक्षण र फोहोरको पुनः प्रयोग र व्यवस्थापन सम्बन्धि प्रयोगात्मक कार्यशाला सञ्चालन गरिने छ

व्यक्तित्व विकास
विभिन्न साहासिक, मनोरनात्मक, वौद्धिक कृयाकलाप, क्याम्प फायर, ट्यालेन्ट हन्ट लगायतका गतिविधिहरुले विद्यार्थीहरुमा अन्तनिहित प्रतिभा प्रस्फुटन गराउन र व्यक्तित्व विकास गराउन मद्दत गर्नेछ

साँस्कृतिक आदनप्रदान्
विभिन्न विद्यालयका स्काउटहरूले आफ्नो जातिय पहिचान झल्कने झाँकी तथा पहिरनहरुको प्रस्तुतिका लागी साँस्कृतिक साँझ ःब् आयोजना हुनेछ जस्ले विद्याथीहरू माझ एक अर्काको सँस्कृति बुझन अवसर प्राप्त हुनेछ । यो एउटा यस्तो स्थान हो जहाँ सम्पूर्ण साँस्कृतिक पहिरन एकै पटक एकै स्थानमा देखिनेछ

आत्मनिर्भता
जीवनोपयोगी सीपहरू जस्तै प्राथमीक उपचार, दिशा पहिचान, विपत व्यवस्थापन, विना भाडा खाना बनाउने सिप सिकेर विद्यार्थीहरू वास्तविक जीवनका चुनौतीहरू सामना गर्न सक्षम हुनेछन्

सामाजिक कार्य
बजार सरसफाई, सामुदायिक विद्यालय, मन्दिरको भवन रङरोगन, मर्मत सम्भार लगायतका सामुदायिक सेवाका गतिविधिहरूले विद्यार्थीहरुमा सामाजिक सेवाको भावना जगाउँछ र सहभागीहरूलाई समाजप्रति जिम्मेवार बनाउँछ
Testimonial


