
कम्वाइन टे«निङ क्याम्प वि.स. २०७६ साल फाल्गुन ०९ देखि ११ गतेसम्म मोरङ तथा झापा जिल्लामा स्काउट
सञ्चालनमा रहेका विद्यालयहरुमध्ये ०६वटा विद्यालयको संयुक्त प्रयासमा बेलबारी नगरपालिका वडा नं ०८ स्थित एम्ब्रीयो क्लबको फुटवल मैदानमा दुई रात तिन दिने स्काउट क्याम्पको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बेलबारी नगरपालिका तत्कालिन नगर प्रमुख ज्ञानेन्द्र सुवेदि, कोशी प्रदेश सरकारका तत्कालिन आन्तरीक मामिला तथा कानुन मन्त्री मा. हिक्मत बा. कार्की, विभिन्न वडाका वडाअध्यक्ष, लगायतका विशिष्ट व्यक्तित्वहरुले भ्रमण गर्नु भएको थियो । उक्त पहिलो कम्बाइन ट्रेनिङ क्याम्पमा मोरङका ५ र झापाको १ गरी ६ विद्यालयका १६५ विद्यार्थीहरु सहभागी हुनु भएको थियो। कम्बाइन क्याम्पको द्रोस्रो संस्करण २०७९ फाल्गुन ६ देखि ९ सम्म सुन्दरहरैँचा स्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यलयको परिसरमा मोरङ जिल्लाका महेन्द्रराजमार्ग आसपास रहेका स्थानिय तर्दथ समितिहरुको संयुक्त आयोजना गरिएको थियो । उत्त क्याम्पमा तत्कालिन कोशी प्रदेशका सामाजिक विकास मन्त्री मा.बुद्धिराज राजभण्डारी, मोरङ क्षेत्र नं ०४ का प्रतिनिधी सभा सदस्य मा. योगेन्द्र मण्डल, नेपाल स्काउटका प्रमुख आयुक्त लोक बा. भण्डारी, कोशी प्रदेश तदर्थ समितिका प्रमुख रवि खनाल, मधेशमा प्रमुख, गण्डकीका प्रमुख आर्शिवाद सुवेदी, नगर प्रमुखहरु सुन्दरहरैचा केदार प्रसाद गुरागाई, बेलबारी डि.पी राई, उर्लाबारी अग्नी खरेल, उप प्रमुखहरु सुन्दरहरैचा अकली चौधरी, केराबारी मनमाया मगर, बेलबारी नितु कोइराला, उर्लाबारी लगायत स्काउटका लिडर सहितका विशिष्ट व्यक्तित्वहरुले अवलोकन गर्नु भएको थियो भने कोशी प्रदेशका विभिन्न विद्यालयका १३०० सहित सुदुरपश्च्मि प्रदेश घोडाघोडी नगरपालिका विद्यार्थीहरु समेतको सहभागिता रहेको थियो ।