combinedcamp

उदेश्यहरु

उदेश्यहरु

  • Home
  • /
  • उदेश्यहरु

उदेश्यहरु

नेतृत्व क्षमता विकास गर्नु

क्याम्पमा विभिन्न गतिविधिहरूको क्रममा स्काउटलाई नेतृत्व गर्न अवसर प्राप्त हुन्छ । क्याम्पले नेतृत्व क्षमता र टोली भावनाको विकासगरी टोलीमा कार्य गर्ने, समूहमा सहकार्य गर्न र जिम्मेवारी बहन गर्न सिक्छन्

वतावरण संरक्षणकार्यमा संलग्न गर्नु

क्याम्पमा सहभागी विद्यार्थीहरुलाई वातावरण संरक्षण र फोहोरको पुनः प्रयोग र व्यवस्थापन सम्बन्धि प्रयोगात्मक कार्यशाला सञ्चालन गरिने छ

व्यक्तित्व विकास

विभिन्न साहासिक, मनोरनात्मक, वौद्धिक कृयाकलाप, क्याम्प फायर, ट्यालेन्ट हन्ट लगायतका गतिविधिहरुले विद्यार्थीहरुमा अन्तनिहित प्रतिभा प्रस्फुटन गराउन र व्यक्तित्व विकास गराउन मद्दत गर्नेछ

साँस्कृतिक आदनप्रदान्

विभिन्न विद्यालयका स्काउटहरूले आफ्‌नो जातिय पहिचान झल्कने झाँकी तथा पहिरनहरुको प्रस्तुतिका लागी साँस्कृतिक साँझ ःब् आयोजना हुनेछ जस्ले विद्याथीहरू माझ एक अर्काको सँस्कृति बुझन अवसर प्राप्त हुनेछ । यो एउटा यस्तो स्थान हो जहाँ सम्पूर्ण साँस्कृतिक पहिरन एकै पटक एकै स्थानमा देखिनेछ

आत्मनिर्भता

जीवनोपयोगी सीपहरू जस्तै प्राथमीक उपचार, दिशा पहिचान, विपत व्यवस्थापन, विना भाडा खाना बनाउने सिप सिकेर विद्यार्थीहरू वास्तविक जीवनका चुनौतीहरू सामना गर्न सक्षम हुनेछन्

सामाजिक कार्य

बजार सरसफाई, सामुदायिक विद्यालय, मन्दिरको भवन रङरोगन, मर्मत सम्भार लगायतका सामुदायिक सेवाका गतिविधिहरूले विद्यार्थीहरुमा सामाजिक सेवाको भावना जगाउँछ र सहभागीहरूलाई समाजप्रति जिम्मेवार बनाउँछ