कार्यक्रमको परिचय
- Home
- /
- कार्यक्रमको परिचय

स्काउट क्याम्प स्काउटिङको एउटा महत्त्वपूर्ण अगं हो, जहाँ विभिन्न विद्यालयका स्काउटहरू एक स्थानमा भेला भएर विभिन्न गतिविधिमा सहभागी हुन्छन्। क्याम्पले आत्मानुशासन, नेत ृत्व क्षमता, मित्रता र सामाजिक सम्बन्धलाई प्रोत्साहन गर्छ। स्काउट क्याम्पले युवाहरूको व्यक्तित्व विकास र सामाजिक जीवनमा महŒवपूर्ण योगदान र्पुयाउँछ। यसले अनुशासन, आत्मनिर्भरता, र जिम्मेवारी बोधको भावना जगाउँछ। क्याम्पका विभिन्न चुनौतीपूर्ण गतिविधिहरूले आत्मविश्वास बढाउन¬का साथै समूहमा काम गर्ने र नेतृत्व गर्न सिकाउँछ। सहभागीहरूलेकठीन अवथामा बाँच्नको लागि आवश्यक सीपहरु जस्तैटेन्ट लगाउने, खाना पकाउने, नक्सा र कम्पास प्रयोग गर्ने जस्ता जीवनोपयोगी सीप सिक्छन्। यसले उनीहरूलाई जीवनको वास्तविक चुनौतीहरूको सामना गर्न तयार बनाउँछ। स्काउट क्याम्पले प्रक ृतिसँग नजिक हुन र वातावरण संरक्षणको महत्व बुझ्न प्रोत्साहित गर्छ।
प्राक ृतिक सुन्दरताको बीचमा क्याम्पले सहभागीहरूलाई प्रदूषणमुक्त वातावरणको अनुभव मात्र दिन्छ भनेहोइन, पर्यावरण जागे ाउनेजिम्मेवारी पनि सिकाउँछ। त्यहाँहुनेसाहसिक गतिविधिहरूले सहभागी विद्यार्थीहरूलाई उनीहरूको दैनिक जिवनबाट बाहिर निकाल्न मद्दत गर्छ। यसले साहस र सहनशीलताको भावना जगाउँछ।
यसबाहेक, स्काउट क्याम्पले सहकार्य र मित्रताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ। सहभागीहरूले विविध प ृष्ठभूमिका व्यक्तिहरूसँग भेटेर नयाँ अनुभव साटासाट गर्न पाउँछन्, जसले उनीहरूमा सहिष्णुता र सांस्क ृतिक आदानप्रदानको भावना जाग ृत गर्छ। क्याम्पमा सामुदायिक सेवाका कार्यक्रमहरू समावेश गरिँदा सहभागीहरूमा समाजप्रतिको उत्तरदायित्व र सहानुभूतिको भावना बढ्छ। यसरी स्काउट क्याम्प जीवनभर काम लाग्ने सीप र मूल्य प्रदान गर्ने अद्वितीय अवसर हो।